अमेरिकाबाट ९० नेपाली नागरिक डिपोर्ट, अहिलेसम्म ४ सयभन्दा बढी फर्काइए

बुधबार, ०७ माघ २०८२
सांकेतिक फाईल

काठमाडौँ : अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल फर्काइएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार डिपोर्ट गरिएका सबै नेपाली काठमाडौँ आइपुगिसकेका छन्। अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याएर छाडेको हो।

महानिर्देशक तिवारीले यसरी हालसम्म ४०० भन्दा बढी नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भइसकेको जानकारी दिए। डिपोर्ट हुनेहरूमा कागजात नभेटिएका, गैरकानुनी रूपमा बसेका, तथा अध्यागमन कानुन उल्लङ्घन गरेका व्यक्तिहरू रहेका विभागले जनाएको छ।

डिपोर्ट भई आएका व्यक्तिहरूमाथि हाल नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। यदि कोही मानव बेचबिखनमा परेको पाइएमा ब्युरोमा उजुरी दिनसमेत अनुरोध गरिएको छ।

ब्युरोका अनुसार आवश्यक अनुसन्धान प्रक्रिया पूरा भएपछि डिपोर्ट भई आएका व्यक्तिहरूलाई परिवारको जिम्मा लगाइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार