प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४९० उम्मेदवार प्रतिस्पर्धामा (सूचीसहित)

बुधबार, ०७ माघ २०८२

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट ३ हजार ४९० जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

आयोगका अनुसार मंगलबार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भएको थियो। त्यसपछि सबै निर्वाचन क्षेत्रबाट दर्ता भएका उम्मेदवारहरूको विवरण समेटेर आयोगले नामावली प्रकाशित गरेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

आगामी निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार