इटहरी : प्रजातन्त्रवादी प्राध्यापक संघ जनता बहुमुखी क्याम्पस इटहरीले पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा आयोजना गरिने ‘तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताका लागि सहयोग प्रदान गरिएको छ ।
आगामी फागुन २ गतेदेखि सञ्चालन हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताका लागि प्रजातन्त्रवादी प्राध्यापक संघद्धारा दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरिएको हो । प्रजातन्त्रवादी प्राध्यापक संघ जनता बहुमुखी क्याम्पसका निवर्तमान सभापति एवम् सहायक क्याम्पस प्रमुख सञ्जिव यादव तथा संघका वर्तमान सभापति लिलाबहादुर कार्कीसहितले फुटबल आयोजक संस्था द योङ् ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सहयोग रकमको चेक बुझेपछि आयोजक संस्थाका अध्यक्ष सुब्बाले प्रजातन्त्रवादी प्राध्यापक संघले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने कार्य गरेको भन्दै प्रशंषा गरे ।
यस अघिका दुई संस्करणहरु पहिलो र दोस्रो संस्करण कोशी प्रदेशस्तरीय भएतापनि यसपटकदेखि भने अन्तर्राष्ट्रिय स्तरको आयोजना गर्न लागिएको सो अवसरमा आयोजक संस्थाका तर्फबाट जानकारी गराईयो । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा रुपान्तरण भएसँगै विजेता टीमलाई चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टीमलाई दुई लाख दुई हजार दुई सय प्रदान गरिने समेत जनाइयो ।
खासगरेर पछिल्लो समय इटहरी तथा आसपासमा फुटबल खेलाडीको अभाव महसुस गरि स्थानीयत स्तरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्ने समेत प्रतियोगिताले सहयोग पुर्याउने विश्वास गरिएको छ ।
खेलमा भारतसहित नेपालका नाम चलेका आठवटाको टीमको सहभागिता रहनेछ । प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । खेलमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३÷१३ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि तीस लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
यस प्रतियोगिताको इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहने छन् ।
प्रतिक्रिया