कांग्रेसले सुनसरीका चारै क्षेत्रमा उम्मेदवार टुंग्यायो, कहाँबाट को ?

मंगलबार, ०६ माघ २०८२

सुनसरी । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले सुनसरी क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ। तामाङ कांग्रेस नेता शेखर कोइराला निकट रहे पनि विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रीय तहबाट उनको नाम सिफारिस नभए पनि केन्द्रले टिकट दिएको हो।

सुनसरी क्षेत्र नम्बर २ बाट कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ। कोइराला २०७४ मा कोशी प्रदेश संसदीय दलको नेता बनेका थिए भने २०७९ को प्रदेशसभा निर्वाचनमा सुनसरी–२ (२) बाट पराजित भएका थिए। उनी शेखर कोइराला समूहका नेता तथा कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन्।

सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसले दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारलाई उम्मेदवार बनाएको छ। सोही क्षेत्रबाट विजयकुमार गच्छदारले सातौं पटक उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि कांग्रेसले बेद गच्छदारलाई टिकट दिएको हो।

बेद गच्छदार दुहबी नगरपालिकामा दोस्रो कार्यकालका लागि प्रमुखको जिम्मेवारीमा छन्। सो क्षेत्रबाट नेकपा एमालेले भगवती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ। चौधरीले अघिल्लो निर्वाचनमा विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन्।

सुनसरी क्षेत्र नम्बर ४ बाट कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ। कार्की अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। उनी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार