सुनसरी : सुनसरीको दुहबी नगरपालिका–८, सोनापुरस्थित अरिहन्त जुट मिल्समा आगलागी भएको छ। शनिबार साँझ अचानक लागेको आगो नियन्त्रणका लागि अहिले ठूलो मात्रामा सुरक्षा संयन्त्र र दमकल परिचालन गरिएको छ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहबीबाट सप्रनि माधव प्रसाद ढुङ्गेलको कमाण्डमा १० जनाको टोली र इलाका प्रहरी कार्यालय दुहबीबाट प्रनि युवराज थापाको कमाण्डमा १४ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
आगो निभाउने कार्यमा विराटनगर महानगरपालिकाका २, दुहबी नगरपालिकाको १, देवाङगंज गाउँपालिकाको १, तथा दुहबी, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानका १/१ गरी कुल ८ वटा दमकल परिचालित छन्।
अहिलेसम्म आगो नियन्त्रणमा आउन नसकिएको र मिलको ठूलो क्षेत्र भएकाले नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया