काठमाडौँ : भारतमा यौन दुर्व्यवहारको आरोप लागेपछि एक पुरुषले आत्महत्या गरेका छन् । घटना केरलाको हो ।
बसमा यात्रा गर्ने क्रममा गलत नियतले छोएको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेपछि उनले आत्महत्या गरेका हुन् ।
ती महिलाले कन्नुर जिल्लामा बसमा यात्राका क्रममा दीपक नामका पुरुषले आफूलाई यौनको आशयले छोएको आरोप लगाउँदै सामाजिक सञ्जालमा राखेकी थिइन्।
पुरुषले आत्महत्या गरेपछि फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । राज्य मानव अधिकार आयोग (एसएचआरसी) ले प्रहरीलाई यस घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।
प्रतिक्रिया