शिवसताक्षीमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

बुधबार, ०७ माघ २०८२
सांकेतिक फाईल

झापा : झापाको शिवसताक्षी नगरपालिका–६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडक खण्डमा ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ विष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरमा सवार सहचालक २२ वर्षीय नारायण राजवंशी अचानक गुडिरहेको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते राजवंशीलाई उपचारका लागि आँम्दा अस्पताल, दमक लगिएकोमा साँझ नै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ट्याक्टर चालक ३० वर्षीय नितेश घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टरसमेत इलाका प्रहरी कार्यालय शिवगञ्जको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार