ह्वात्तै बढ्यो सुनको मूल्य, पुग्यो तीनलाख नजिक

बुधबार, ०७ माघ २०८२

इटहरी । बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यस दिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।

हिजो २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ५९२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार