३० वर्षपछि नविल बैंकको इटहरी शाखा आफ्नै भवनमा (तस्विरहरुसहित)

शुक्रबार, ०५ मंसिर २०८२

इटहरी : नविल बैंकको इटहरी शाखा ३० वर्षपछि आफ्नै भवनमा सरेको छ । इटहरी–९ बिपी चोकमा निर्माण गरिएको भवनको शुक्रबार एक विशेष समारोहमार्फत उद्घाटन गर्दै औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याइएको हो ।

photo 1

शाखा स्थापना भएको तीन दशकपछि बैंक आफ्नै घरमा सर्न सफल भएको नविल बैंकले जनाएको छ । बैंकका प्रतिनिधिका अनुसार इटहरीसहित हाल चार शाखाका भवनहरू आफ्नै भवनमा रहेका छन् ।

briff

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलियाले नविल बैंकसँगको सहकार्यले समाज परिवर्तनमा योगदान दिइरहेको बताए । उनले पूर्वाञ्चल विश्वविद्यालयले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतका अभियानसँग सहकार्य गर्दै आएको जानकारी पनि दिए ।

adnce  

वासलातको हिसाबले देशकै दोस्रो ठूलो बैंक मानिने नविल बैंकका इटहरी शाखा व्यवस्थापक अन्जान कोइरालाले ३० वर्षदेखि इटहरीवासीलाई सेवा दिइरहेको बैंक अब नयाँ भवनबाट अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

nabil bank
 

कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले गरेका थिए । उनले बैकमार्फत सामाजिक गतिविधिमा अघि सारिएको योजनाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेकाले अब रणनीतिक रूपमा अघि बढाइने उल्लेख पनि गरे ।

biju thapaliya PU
 

इटहरीका व्यवसायी शैलेशकुमार श्रेष्ठलगायतका वक्ताहरूले बैंकबाट लिने रकम वास्तवमा ऋण नभई सम्पत्ति जस्तै भएकाले व्यवसायीलाई पूँजी विस्तारका लागि बैंक नै सबैभन्दा ठूलो सहारा भएको बताए । श्रेष्ठले कोरोनाकालमा बैंकले व्यवसायीहरूलाई अपेक्षित सहुलियत नदिएको विषयमा चिन्ता पनि व्यक्त गरेका छन् ।

digital zooe
 

बैंकका प्रतिनिधि अनिश ओझाको सञ्चालनमा सम्पन्न कार्यक्रममा इटहरीका व्यवसायी, सुरक्षाकर्मी, प्राज्ञिक व्यक्तित्व तथा बैंकका कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

nabil bank 1chearmen Nabiljiban sailesh bista

तस्विरहरु: खेमराज सापकोटा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार