लागू औषध गाँजासहित ईनरुवा बजार क्षेत्रबाट दुई जना पक्राउ

शुक्रबार, ०५ मंसिर २०८२

धरान : प्रहरीले १० केजी लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले सुनसरीको ईनरुवा बजार क्षेत्रबाट गाँजासहित दुई जना ब्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले ईनरुवा नगरपालिका–१, बजार लाइनमा चलिरहेको प्र.१–०२००४ ह.१७७६ नम्बरको सिटी सफारी जाँच गर्दा एक झोलामा प्याक गरिएको अवस्थामा १० किलो पाँच सय चालिस ग्राम गाजा फेला पारेको डिएसपी चन्द्र खड्काले जानकारी दिए।

उक्त सिटी सफारीका चालक सुनसरीको हरिनगर–४ का १९ वर्षीय अजमल अन्सारी र हरिनगर–७ का १५ वर्षीय आमिर अन्सारीलाई पक्राउ गरी सवारीसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार