काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारको टिकट नदिएपछि बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन्।
कांग्रेस काठमाडौँ–१ बाट आधिकारिक रूपमा प्रबल थापालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै सिफारिस सूचीमा रहेका आचार्यले असन्तुष्टि जनाउँदै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसको प्रारम्भिक सिफारिसमा प्रकाशमान सिंह र बाबुराम आचार्यसहितका नेताहरूको नाम समावेश थियो। तर अन्तिम निर्णयमा थापालाई टिकट दिएपछि आचार्य बागी बनेका हुन्।
प्रतिक्रिया