बेलबारीमा मानसिक समस्या भोग्दै आएका युवकले रेटे आफ्नै घाँटी

विहीबार, ०४ मंसिर २०८२

विराटनगर : मोरङको बेलबारी नगरपालिका–८ मा एक युवकले बिहीबार साँझ आफ्नै घाँटी रेटेर जीवन संकटमा परेका छन् । 

स्थानीय ३२ वर्षीय हेमकुमार मगरले घरमै धारिलो हतियार प्रयोग गरी आफैँलाई क्षति पुर्याएको पुष्टि प्रहरीले गरेको छ । प्रहरीका अनुसार हेमकुमार गम्भीर घाइते अवस्थामा भेटिएका थिए । उनलाई आमाले घरको कोठामा रगताम्मे अवस्थामा देखेपछि छिमेकीको सहयोगमा तत्कालै उद्धार गरी विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याएको थियो । 

घाँटीमा गहिरो चोट लागेकाले उनको अवस्था निकै नाजुक रहेको चिकित्सकहरूले बताएका छन् । युवाले कुन प्रकारको धारिलो हतियार प्रयोग गरे भन्ने विषय भने अहिलेसम्म यकिन हुन सकेको छैन । 

हतियार बरामद तथा घटनाको विस्तृत तथ्य खोज्न प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हेमकुमार विगत केही समयदेखि मानसिक समस्याबाट पीडित थिए । जसले गर्दा उनी निरन्तर तनावमा रहेको परिवारले पनि बताएका छन् । घटनाको वास्तविक कारण, अवस्था र सम्भावित अन्य कारणबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार