दमकका मेयरले ओलीलाई देखाए भदौ २४ गते जलेको घर

मंगलबार, ०६ माघ २०८२

दमक । दमक नगरपालिकाका मेयर राम थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते आगलागी भएर जलेको आफ्नो घर देखाएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न झापा पुगेका ओलीलाई थापाले शुक्रबार दमकस्थित आफ्नै निवासस्थलमा लगेर घटनाबारे जानकारी गराएका हुन्।

जलेको घर देखाउँदै मेयर थापाले घर आगजनीमा संलग्नले अहिले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार बालेन शाहलाई कार्यालय सञ्चालनका लागि घर दिएको दाबी गरे। यस क्रममा थापाले आगजनी घटनाले आफू र परिवारलाई परेको क्षतिबारे पनि जानकारी गराएका थिए।

मेयर थापाको भनाइप्रति प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले आरोप लगाइएका समूह एउटै प्रकृतिका रहेको टिप्पणी गरे। झापा–५ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने बालेन शाह पनि प्रचारप्रसारका सिलसिलामा दमक पुगेका छन्। निर्वाचन प्रचारका लागि उनले दमकमा घर भाडामा लिएको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार