सवारी दुर्घटनामा ८१ वर्षीया वृद्धाको मृत्यु

मंगलबार, ०६ माघ २०८२

झापा : झापाको बिर्तामोड नगरपालिका–५ जात्रुबारीस्थित भित्री सडक खण्डमा आज पिकअपले ठक्कर दिँदा ८१ वर्षीया महिला मृत्यु भएको छ । 

झापा बिर्तामोड–५ का ३१ वर्षीय हरि प्रसाद काफ्ले चलाएको मे १ ज १८०४ नम्बरको सामान बोक्ने पिकअप गाडीले किराना पसलमा सामान लोड गर्दै ब्याक गर्ने क्रममा पैदल यात्री माया लिम्बुलाई ठक्कर दिएको थियो। 

घाइते भएकी लिम्बुलाई तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड पु¥याइ उपचार सुरु गरिएको थियो, तर बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न पिकअप चालक काफ्ले र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार