काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ भएको हो । रिट निवेदकको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र रमेश वडालले बहस गरे ।
कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। यो निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न र अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न माग गरिएको छ।
प्रतिक्रिया