काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी प्रतिनिधि टासी ल्हाजोमले प्रत्यक्षतर्फको टिकट पाएकी छिन् । पार्टीले उनलाई हुम्लाबाट प्रत्यक्ष उम्मेदवार बनाउने गरी टिकट दिएको हो ।
टासी रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा थिइन् । तर पछि विविध कारण देखाएर उनलाई समानुपातिकको सूचीबाट हटाइएको थियो । टासीले आफ्नै गृहजिल्ला हुम्लाबाट प्रत्यक्ष टिकट पाएकी हुन् ।
प्रतिक्रिया