धनुषा ३ मा विमलेन्द्र र मनिष सहितले गराए उम्मेदवारी दर्ता

मंगलबार, ०६ माघ २०८२

जनकपुर : धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र नीधिले उम्मेदवारी दर्ता गराएका छन ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट काँग्रेस नेता नीधि सहित विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

 

उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि रहेका छन् । नेकपा एमालेबाट जुली महासेठ रहेका छन। त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार