सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीका प्रस्तावक उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेका छन् ।
यसअघि काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बाट लगातार प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिम समयमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ रोजेका हुन् । समयको चापका कारण थापा स्वयं उपस्थित हुन नसकेपछि नेता वीरेन्द्र सिंह वारेस बसेर उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया