तराईको जीवनसाथी गोरु–राँगा गाडी लोपोन्मुख

विहीबार, ०४ मंसिर २०८२
File Photo

इनरुवा : विगतमा तराईका गाउँलेहरूको जीवनमा गोरु र राँगा गाडीको महत्व अपूरणीय थियो। कृषि कार्यदेखि खेतको उत्पादन बजारसम्म पुर्याउन, कुटानी पिसानीका लागि मिलसम्म सामग्री ढुवानी गर्न यी साधनहरूले भरपर्दो भूमिका खेलेका थिए।

मानिसहरू बिरामी परेमा स्वास्थ्य संस्था पुर्याउने आपतकालीन साधनको रूपमा पनि गोरु गाडी प्रयोग हुन्थ्यो। विवाह, चाडपर्व र वनभोज जस्ता शुभ कार्यमा पनि सजाएर गाडी प्रयोग गरिन्थ्यो। त्यतिबेला सडक सहज थिएन, सवारी साधन सीमित थिए, तर गोरु–राँगा गाडीले गाउँलेहरूको जीवनलाई सहज बनाउँथ्यो।

चक्काहरू प्रायः काठका हुन्थे, माथि फलामको पात राखेर चक्काहरू चाँडै नखसुन् भनी सुमधुर तयारी गरिन्थ्यो। अहिले सडक सञ्जाल र आधुनिक मेसिनरीको विकाससँगै गोरु–राँगा गाडी प्रयोग घट्दै गएका छन्। तर अझै पनि ग्रामिण क्षेत्रका केही मानिसले बाँस वा सामाग्री सहर पुर्याउन यी गाडीको उपयोग गर्छन्।

आज यी गाडीहरू होटल र पार्कमा सजाएर राखिएका देखिन्छन्, नयाँ पुस्तालाई पुराना संस्मरण सम्झाउने, सरल जीवन र मेहनती ग्रामीण सभ्यता सम्झाउने प्रतीक बनेका छन्। गोरु–राँगा गाडी केवल सवारी साधन मात्र होइन, तराईको ग्रामीण जीवन र संस्मरणको अमूल्य भागको रूपमा हाम्रो स्मृतिमा जीवित रहेका छन्।

प्रतिक्रिया

कृष्ण भट्टराई जुनेली
लेखकको बारेमा
कृष्ण भट्टराई जुनेली

सम्बन्धित समाचार