भोजपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हालसम्म पुराना र नयाँ गरी १२ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद दाहालका अनुसार नेपाली काङ्ग्रेसबाट बालकृष्ण थापा, नेकपा (एमाले)बाट शेरधन राई, नेपाली कम्युनिस्ट पार्टीबाट अजम्बर काङमाङ राई, श्रम संस्कृति पार्टीबाट ध्रुव राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश प्रसाद ओझा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल रहेका छन । यसैगरि जनता समाजवादी पार्टीबाट गोपाल राई, नेकपा (माओवादी) केन्द्रबाट दिपेश राई, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट चन्द्रप्रसाद राई तथा आम जनता पार्टीबाट युवराज थापाले मनोनयन दर्ता गराएका हुन्।
यसैबीच, जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार जिल्लामा कुल १ लाख २५ हजार ७ सय ६६ जना मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर ८७ वटा मतदान स्थल र अस्थायी सहित १ सय ६१ वटा मतदान केन्द्र तोकिएका छन्।



प्रतिक्रिया