नवयुवाको परिवर्तनको आसालाई पूरा गर्ने राजिव कोइरालाको प्रतिवद्धता

मंगलबार, ०६ माघ २०८२

इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सुनसरी–२ बाट उम्मेदवारी दर्ता गराएका राजिव कोइराला चुनावी अभियानमा सक्रिय भएका छन् ।

आफ्नो चुनावी संदेशमा इमानदारिता, कामप्रतिको लगाव र क्षेत्रीय विकासमा जोड दिएका छन् । कोइरालाले भने, “म पदका लागि होइन, यहाँको सुख-दुःखमा साथ दिन र रोकिएका विकासका कामहरू पूरा गर्न चुनावी मैदानमा उत्रिएको छु। मेरो इमानदारिता र कामप्रतिको लगावलाई हेरेर यसपालि मलाई आफ्नो आशीर्वाद प्रदान गर्नु हुने छ भन्ने बिश्वास लिएको छु।”

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, क्षेत्रीय विकास र नवयुवाको परिवर्तनको आसालाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै मतदातालाई घरदैलोमा भेट्ने तयारी भइरहेको जानकारी दिए ।

कोइरालाले मतदातासँग संवाद गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन र आर्थिक समृद्धिको संकल्पसहित आफ्नो उम्मेदवारी दर्ता गरेको बताएका छन् । उनले मतदातालाई आफ्नो उत्साह र पार्टीको नीतिलाई विश्वास गरी अमूल्य मत दिएर विजयी गराइदिन हार्दिक अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार