प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी”

मंगलबार, ०६ माघ २०८२

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापा लाई पुस महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ।

प्रहरी निरीक्षक थापाले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको मूल्याङ्कन गर्दै उनलाई सम्मानित गरिएको हो।

थापाले २०८२ साल असोज २६ गते ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-४ मा ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की) को हतियारधारी समूहद्वारा बन्चरो प्रहार गरी हत्या तथा नगद र सुनका गरगहना लुटपाटको घटना सफलतापूर्वक अनुसन्धान गरेका थिए। त्यसैगरी, २०८२ साल पुस १५ गते ओखलढुङ्गा, चिशंखुगढी गाउँपालिका-६ मा किराना पसल सञ्चालक दम्पती ६० वर्षीया सोवितमान थापा मगर र ६० वर्षीया रत्नमाया थापा मगरको हतियारधारी समूहद्वारा कोदालो तथा अन्य हतियार प्रयोग गरी हत्या तथा नगद १ लाख र सुनका ८ तोला लुटपाटको घटनामा संलग्न ४ जना अभियुक्तलाई पक्राउ गरी कानूनी कारवाहीमा ल्याउन थापाले उल्लेखनीय भूमिका खेलेका थिए।

उनको कार्यशैलीले आम नागरिकमा शान्ति र सुरक्षा अनुभूति दिलाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार