सुनसरीको चार वटा निर्वाचन क्षेत्रमा ११२ जनाको मनोनयन दर्ता

मंगलबार, ०६ माघ २०८२

धरान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लामा सबैभन्दा बढी उम्मेदवारी सुनसरी क्षेत्र नं. ४ मा परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–४ बाट ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जहाँ एक लाख ३७ हजार ३४० मतदाता रहेका छन् ।

त्यस्तै, सुनसरी–१ र सुनसरी–२ मा समान रूपमा २८–२८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–१ मा १ लाख ५० हजार ३९३ मतदाता छन् भने सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता कायम छन् ।

सुनसरी–३ मा २२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्, जहाँ मतदाता संख्या १ लाख ३४ हजार ३०२ रहेको छ ।

जिल्लाभर कुल ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन् । मतदातालाई सुविधा पु¥याउन १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार