उदयपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्ला मुख्य निर्वाचन कार्यालय, गाईघाटका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १८ जना र क्षेत्र नं. २ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रमा एक–एक जना उम्मेदवारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् भने बाँकी उम्मेदवार विभिन्न राजनीतिक दलको तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १
क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट डा. देवराई राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोर्कण राई र आम जनता पार्टीबाट मनोजकुमार पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट कुशोर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी र नेपाली कांग्रेसबाट विदुर बस्नेत चुनावी प्रतिस्पर्धामा छन् ।
अन्य उम्मेदवारहरूमा मङ्गोल अर्गनाइजेशन पार्टीबाट बद्रिविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारशमणि गेलाल, नेकपा (माओवादी केन्द्र)बाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई तथा उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २
क्षेत्र नं. २ को निर्वाचन कार्यालयका सूचना अधिकारी नारायण थापाका अनुसार यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई र आम जनता पार्टीबाट बमबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ चुनावी मैदानमा छन् । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेजरकुमार राईले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया