नुवाकोटा : नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न मन्त्रालयको मन्त्री समेत भईसकेका काँग्रेस प्रभावशाली नेता महतले नुवाकोट क्षेन नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन।
नेपाली काँग्रेसका निर्वतमान सभापति शेरवहादुर देउवाका विश्वासपात्रका रुपमा परिचित प्रकाश शरणले नेपाली काँग्रेसका तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन ।
शेरवहादुर देउवा निकट कतिपय नेताहरु उम्मेदवारी नदिने भनेर पाएको टिकट समेत फिर्ता गरेको अवस्थामा महतले उम्मेदवारी दर्ता गराएका हुन । त्यसैगरी देउवा निकट विमलेन्द्र नीधिले पनि धनुषा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका तर्फका उम्मेदवारी दर्ता गराएका छन ।
प्रतिक्रिया