महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

मंगलबार, ०६ माघ २०८२

दाङ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । 

क्षेत्र नम्वर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।  

मनोनयन दर्ता पश्चात् संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उमेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिवद्व रहने पोखरेलले बताए । 

२०७९सालमाकाँग्रेस–माओवादी गठबन्धनका उम्मेदवारसँग पराजित भएका महासचिव पोखरेल यसपटक जित निकाल्ने योजनामा रहेका छन् ।

उनीसँग दाङ–२ मा काँग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य चुनावी प्रतिस्पर्धामा उत्रने छन्। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार