ज्ञानेन्द्र शाहीले गरे उम्मेदवारी दर्ता

मंगलबार, ०६ माघ २०८२
File Photo

मुगु : राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ को निर्वाचनबाट बहुमत ल्याएर विजयी भएका शाही फेरी जुम्ली जनताको शरणमा आएका छन् । जुम्लालाई देशभर चिनाएको र अब समग्र कर्णालीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

उम्मेदवारी दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले भने, ‘कर्णाली चिनाउन, कर्णालीको उत्पादनलाई विश्व बजारमा पुर्याउन मेरो उम्मेदवारी हो। म ललितपुर, सुर्खेतबाट सिफारिस हूँदा जन्मभूमीकै माया लागेर फर्किँए । जनता जर्नादनको हातमा निर्णय छोडेको छु । निर्णय जे आउँछ स्वीकार गर्छु ।’

२०७९ को निर्वाचन शाही ६ महिना अघि नै जुम्लाका गाउँगाउँमा पुगेका थिए । तर यसपाली उम्मेदवारी दर्ता गर्ने दिन मात्रै उनी जुम्ला पुगेका हुन् । अन्तिम समयसम्म कहाँबाट चुनाव लड्ने अनिश्चिताकाबीच अन्तिममा जुम्लालाई रोजेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार