प्रकाशमान सिंहको क्षेत्र काठमाडौँ–१ मा युवा नेता आचार्यको नाम सिफारिस

विहीबार, २५ मंसिर २०८२

काठमाडौँ : नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ को प्रत्यक्षतर्फ युवा नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको छ।

प्रत्यक्षतर्फ आचार्यको नाम पार्टीका वरिष्ठ नेता प्रकाशमान सिंहसँगै सिफारिस भएपछि काठमाडौँ काँग्रेसभित्र हलचल मच्चिएको छ।

आचार्य सुनसरी चक्रघटिका स्थायी बासिन्दा समेत हुन्। हाल उनी सुनसरी–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष तथा आचार्य समाजका केन्द्रीय अध्यक्ष समेत रहेका छन्।

क्षेत्र नं. १ का सभापति रवीन्द्र विक्रम राणाले समानुपातिक र राष्ट्रियसभा प्रतिनिधिका लागि पनि विभिन्न व्यक्तिको नाम सिफारिस गरेका छन्।

पार्टीभित्र सक्रिय र समाजसेवी मानिने आचार्य, जो पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर छन्, आगामी फागुन २१ को निर्वाचनमा टिकट पाए विजयी हुने दाबी गर्छन्।

आचार्य द्वन्द्वकालमा माओवादीको यातना भोगेका, जेनजीसँग सम्बन्ध राख्ने र पार्टीभित्रका गुट–उपगुटलाई समेत समेट्न सक्ने युवा नेता मानिन्छन्।

यद्यपि काँग्रेसका स्थापित नेता र प्रकाशमानसँग प्रत्यक्ष प्रतिस्पर्धा हुने भएकाले चुनौती कम छैन। तर पार्टीभित्रको सक्रियता, युवा नेतृत्व र समाजसेवी छवि भएका कारण बाबुराम आचार्यलाई टिकट दिनुपर्ने दबाब बढ्दो छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार