सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद

विहीबार, २५ मंसिर २०८२

काठमाडौं । जेनजी समूह र सरकार बिच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेनजी आन्दोलन संस्थागत गर्ने गरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए ।

जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधनपछि जेनजी युवायुवतीहरू एक आपसमा झगडा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् । अर्का युवाले केही सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्विकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार