काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो

मंगलबार, २७ माघ २०८२

काठमाडौं ।  काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । ओखलढुंगाको फोलथली–रगनी जाँदै गरेको यात्रुबाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटार बाट बसमा तामाकोसी नदीमा खसेको हो। उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका छन् । घाइतेहरूको अवस्था र बसमा सवार यात्रुहरूको यकिन संख्या भने खुल्न बाँकी छ। यो पनि  तामाकोशी बस दुर्घटना अपडेट: ५ जनाको घटनास्थलमै मृत्यु, ६ जनाको उद्धार

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार