काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।
दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको र ६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका-६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्ट भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया