जेनजी युनाइटेडले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने

बुधबार, २४ मंसिर २०८२
संयुक्त पत्रकार भेटघाट कार्यक्रम

इलाम :  आगामी फागुनमा हुने निर्वाचनमा जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने भएको छ । इलममा आज संयुक्त पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्वाचनमा जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने जानकारी गराइएको हो ।


जेनजी आन्दोलनका घाइते राजेश पोर्तेलको नेतृत्वमा रहेको पार्टीलाई जेनजी युनाइटेड मुमेण्टलले समर्थन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, सुशासन र इमान्दारी राजनीति, देश विकासमा युवा , नेपालमा नै लगायतका एजेन्डा सहित चुनावमा जाने राष्ट्रिय परिवर्तन पार्टीका जिल्ला संयोजक छत्र राईले पत्रकार सम्मेलनमा जानकारी गराए । 


चुनाव हुने भएपछि आफूहरू समेत चुनावका पक्षमा रहेको उनीहरुले पत्रकारहरुलाई जानकारी गराए । कुनै न कुनै पार्टीलाई समर्थन गर्नु पर्ने भएकाले जेनजीका घाइतेकै नेतृत्वमा रहेको पार्टी भएकाले आफूहरूले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गरेको जेनजी युनाइटेड मुमेन्टका सदस्यहरूले पत्रकार सम्मेलनमा बताए ।  
सो पाटीको हाल सङ्गठन विस्तार भइरहेको र मङ्सिर २७ गते कमल गाउँपालिकामा रहेको आदिवासी जनजाति रङ्गशालामा पार्टी घोषणा गरिने बताइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार