काङ्ग्रेस सभापति गगन थापाले सुनसरी आएर उम्मेदवार कोइरालाबारे के भने?

मंगलबार, २७ माघ २०८२

इटहरी : नेपाली काँग्रेसका सभापति गगन थापाले सुनसरी–२ का उम्मेद्वार राजीव कोइरालालाई संसद्मा पुर्‍याउन आग्रह गरेका छन्।

मङ्गलवार बिहान सुनसरीको झुम्कामा समर्थक र कार्यकर्तालाई सम्बोधन गर्दै थापाले राजीव कोइरालालाई अत्याधिक मतले जिताएर संसद्मा पठाउन अपिल गरेका हुन्।

सम्बोधनका क्रममा थापाले राजीव कोइरालाले संसद्मा राम्रोसँग प्रतिनिधित्व गर्न सक्ने क्षमता रहेको बताए। उनले राजीव आफ्नो आदरणीय दाइ भएको उल्लेख गर्दै एक पटक जिताएर संसद्मा पठाउन आग्रह गरे।8a5808ef-e771-4d9e-ab8e-bef5fe136904

संसद्मा प्रभावकारी भूमिका खेल्न सक्ने व्यक्तिका रूपमा राजीवलाई प्रस्तुत गर्दै उनले कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए।

आफूलाई माया गरेर सभापति बनाएको भन्दै कार्यकर्ताप्रति आभार व्यक्त गरेका थापाले आफूप्रतिको विश्वास टुट्न नदिने पनि बताए।

निर्वाचन आउन करिब २०–२१ दिन बाँकी रहेको उल्लेख गर्दै उनले घरघर पुगेर नेपाली काँग्रेसलाई जिताउने अभियानमा लाग्न आग्रह गरे।

सो अवसरमा थापा इटहरी पश्चिमलाइनमा पनि कार्यकर्तासँग भेटघाटमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, पूर्व केन्द्रीय सदस्य राजीव ढुंगाना लगायत सयौ कार्यकर्ता तथा समर्थकको उपस्थिति रहेको थियो।

इटहरीमा कार्यक्रम सकेपछि थापा रामधुनीमा पनि कार्यकर्तासँग भेटघाटमा सहभागी भएका थिए।

आजै आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने कार्यक्रम रहेको नेपाली काँग्रेस इटहरीका सचिव विक्रम घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार