खलङ्गा : दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका वडा नम्बर ४ बाङ्गाबगडमा सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् ।
घटना शङ्कास्पद देखिएकाले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिएका छन्।
मृत भेटिएका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा गहिरो घाउ रहेको छ । उनी महाकाली नगरपालिका वडा नम्बर ४ का बासिन्दा हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लिगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गौरव महतले घटनामा संलग्न रहेका अन्य केही व्यक्तिको समेत खोजतलास भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया