सुर्खेत : नेपाली काँग्रेसको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १मा विष्णु बहादुर खड्काले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका तत्कालिन कार्यवाहक सभापति पुर्णबहादुर खड्काले आफु उम्मेदवार नबन्ने बताएपछि काँग्रेसले पुर्णवहादुरकै भाई विष्णुलाई उम्मेदवार बनाएको हो ।
नेपाली काँग्रेसका तत्कालिन कार्यवहाक सभापति पुर्णबहादुर खड्का उम्मेदवार बन्दै आएको सुर्खेत क्षेत्र नम्बर १ बाट यस पटक उनकै भाई विष्णु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन। विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसबाट वितरण गरिने टिकट आफु नलिने वताउदै आएका पुर्णवहादुरले भाईलाई अघि सारेका हुन।
यो निर्वाचन क्षेत्रमा पुर्णबहादुर खड्काले विगत देखि नै चुनाव जित्दै आएका थिए । एमालेका धुव्रबिक्रम शाही, राप्रपाका रविकिरण हमाल र रास्वपाका टेकबहादुर सिंहले समेत यही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया