इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार अपराह्न चुनावी कार्यक्रमका लागि पूर्वी पहाडी जिल्ला इलामतर्फ लागेका छन्।
बालेनले बिहीबार बिहान ८ बजे इलामका दुईवटै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारसँग चुनावी भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा इलाम जिल्ला सभापति टिका ओडारीले जानकारी दिए।
आगामी फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि रास्वपाबाट इलाम–१ मा बिमल गदाल र इलाम–२ मा गोकुल राई उम्मेदवार रहेका छन्।
झापा–५ बाट उम्मेदवारी दर्ता गर्न मंगलबार झापा आएका बालेनले दमकमा बसोबास गरी बुधबार बिहानदेखि आफ्ना उम्मेदवार र समर्थकहरूसँग चुनावी भेटघाट सुरु गरेका थिए।
प्रतिक्रिया