एनपिएल : विराटनगरको कडा आक्रमणका बाबजुद काठमाडौंले दियो १३५ रनको लक्ष

शनिबार, ०६ मंसिर २०८२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको आणविक बलिङका कारण काठमान्डु गोर्खाज १३४ रनमै थामिन बाध्य भएको छ। टीयू मैदानमा टस जितेर ब्याटिङमा पठाइएको काठमान्डुले सुरुवातमै धराशायी प्रदर्शन देखायो।

विराटनगरका मर्चेन्ट डे लाङले पहिलोपटकमै काठमान्डुको शीर्ष क्रम भत्काइदिँदा गोर्खाज १३ रनमै ३ विकेट गुमाएर चरम दबाबमा परेको थियो । पावर प्लेमै जम्मा २२ रन निकाल्न सकेको काठमान्डुले २० ओभरमा ७ विकेटका लागि १३४ रन जोड्यो ।

ब्याटिङतर्फ काठमान्डुको स्कोर सम्हाल्ने काम मध्यक्रमले मात्र गर्यो । अविजित ४८ रन प्रहार गरेका आदिल आलम इन्निङ्सका सर्वाधिक स्कोरर बने । २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै उनले अन्तिमतिर खेल उकासे। ओपनर बेन चार्ल्सवर्थले ३२ रन बनाए भने सन्तोष यादवले २६ रन जोडे ।

विराटनगरतर्फ डे लाङले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले एक/एक विकेट लिए।

अहिले विराटनगर सो लक्ष पछ्याइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार