निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड

बुधबार, ०७ माघ २०८२

इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिनु पर्ने इटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय अभियान अन्तर्गत  जिल्ला शाखा सुनसरीले बुधबार इटहरीमा आयोजनामा गरेको शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता विषयक नागरिक संवाद कार्यक्रममा वक्ताहरुले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिएका हुन्। 

नागरिक समाजका अगुवा जगदीश ओलीले देशमा परिवर्तन, विकास, सुशासन र सदाचारका लागि निर्वाचनलाई समयमा सार्थक पार्नुपर्ने बताए ।

नेपाली काग्रेंसका प्रतिनिधि सुवेक्छुक देवान राईले विकास, सुशासन नभएसम्म नागरिकहरु सन्तुष्ट हुन नसक्ने भएकाले त्यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । 

WhatsApp Image 2026-01-21 at 21.13.04 (2)

नेकपा एमालेका काशीनाथ दंगालले देशभर नै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको यस प्रकारको कार्यक्रमले सही सन्देश प्रवाह गरेको बताए ।

 उनले निर्वाचनले सहि मार्ग निर्देश गर्ने समेतमा जोड दिए । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज केन्द्रका  संस्थापक सभापति कृष्ण पहाडीको प्रमुख अथित्यता र जिल्ला सभापति रोबनराज कार्कीको सभापतित्वमा  भएको थियो ।

पहाडीले देशको विगतको परिर्वतनका आन्दोलनमा उठेका एजेण्डालाई सत्तामा पुग्नेहरुले सम्बोधन नगरेको कारणले अहिलेको जेन्जी आन्दोलनसम्मको अवस्था आएकाले सबै सुर्धिन जरुरी रहेको बताए ।  

WhatsApp Image 2026-01-21 at 21.13.04 (1)

कार्यक्रम संयोजक युवा ओम गौतमले विकास विनाको सामाजिक न्याय अनुभुती गर्न नसक्ने भएकाले निर्वाचनमा सबैले  मित्रवत प्रतिस्पर्धा गर्न आवश्कय भएको बताए ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय सभापति रेनुका पौडेलले निर्वाचनलाई शत्रुताबिहिन आचारण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै गर्ने गरी दवाव सृजनाका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराइन । 

WhatsApp Image 2026-01-21 at 21.13.04

लोककवि अर्जुन पराजुलीले देखिने र अनुभुती गर्ने गरि काम नभएकाले देशमा पटकपटक आन्दोलन भएको बताउनुहुदै सुधारको खाचो रहेको बताए । त्यसैगरी समाजका महासचिव प्रकाश शाही, लक्ष्मी नारायण मिश्र, राम्र प्रसाद जोशी, प्रकाश साही, नम्रता खरेल, अधिकारकर्मी जयकृष्ण यादव, प्रध्यापक वोधराज नेपाल, वलराम पन्त सहित दर्जन बढी वत्ताहरुले निर्वाचन र स्वच्छ निर्वाचन तथा सद्भाव प्रबद्र्धन बारेमा मन्त्वय राखेका थिए ।

यसैबीच इटहरीका स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मी , अधिकारकर्मी, विधार्थीहरु लगायतको सहभागीतामा सद्भाव प्रबद्र्धन तथा  हिंसा र घृणा खारेजीका लागि प्रदर्शन ¥याली समेत आयोजना गरिएको थियो ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार