काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण भइरहेका बेला अनलाइन सट्टाबाजीमा संलग्न आठ भारतीय नागरिकलाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको छ । मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न खेलको हार–जितमा रकम लगाई अनलाइन साइटमार्फत सट्टाबाजी चलाएको सूचनाका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बल्खुबाट पक्राउ परेका उनीहरूको मोबाइल फोनलाई प्रविधिमा परीक्षण तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको छ ।
पक्राउ परेका मध्ये सबै जना भारतको आन्ध्र प्रदेशबाट नेपाल आएका र काठमाडौं महानगरपालिका–२६ सामाखुसीमा बसोबास गर्दै आएको प्रहरीको भनाइ छ । उनीहरूमा १९ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवा रहेका छन् ।
पक्राउ परेकाहरूको विवरण:
राजा यदुला, ३१ वर्ष, आन्ध्र प्रदेश, प्रकासम–पामुर, हाल सामाखुसी–२६
महेश बाबु, ३५ वर्ष, आन्ध्र प्रदेश, प्रकासम–पामुर, हाल सामाखुसी–२६
पण्डित श्रीनिवासुलु, ३० वर्ष, आन्ध्र प्रदेश, प्रकासम–पामुर, हाल सामाखुसी–२६
सेख सोयब, २० वर्ष, आन्ध्र प्रदेश, प्रकासम–पामुर, हाल सामाखुसी–२६
नभिन मड्डेला, ३० वर्ष, आन्ध्र प्रदेश, प्रकासम–पामुर, हाल सामाखुसी–२६
महमद रफी सेख, ३२ वर्ष, आन्ध्र प्रदेश, कोइलमपट, हाल सामाखुसी–२६
साई कुमार तम्मिसेट्टी, १९ वर्ष, आन्ध्र प्रदेश, कोइलमपट, हाल सामाखुसी–२६
सेख चन्द बसल, २८ वर्ष, आन्ध्र प्रदेश, कोइलमपट, हाल सामाखुसी–२६
प्रतिक्रिया