इटहरी(डेक्स): भदौ २४ गते जेनजी आन्दोलनका क्रममा चितवन जिल्ला कारागारबाट फरार भएका थुनुवा आशिष सुब्बालाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ। ‘सालकको अखेटोपहार’ मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका झापा शिवसताक्षी–८ का २९ वर्षीय सुब्बा आन्दोलनको भीड र अव्यवस्था बीच कारागारबाट फरार भएका थिए।
फरार सुब्बालाई महिनौँपछि आइतबार आफ्नै घर शिवसताक्षी–८ मा लुकिछिपी बसिरहेको अवस्थामा इटहरी–झिलझिले प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुब्बा फरारपछि विभिन्न स्थानमा आश्रय सर्दै आएको बुझिएको छ तर अन्ततः आफ्नो घरमै सुरक्षित ठानेर बसिरहेको अवस्थामा पक्राउ परे।
नियन्त्रणमा लिएपछि सुब्बालाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित जिल्ला कारागारमा बुझाइने तयारी भइरहेको छ।
प्रतिक्रिया