शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द

आइतबार, ०७ मंसिर २०८२

काठमाडौं : कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् । 

कार्यालयको सूचना प्रविधि प्रणाली(क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पनी दर्ता, अद्यावधिक गर्नेदेखि कम्पनी खारेजीसम्मका सबै काम अवरुद्ध भएको जानकारी दिएको छ । 

कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार