पुनर्निर्माण कोषमा एलआईसी नेपाल र एफवान सफ्टकाे सहयोग

आइतबार, ०७ मंसिर २०८२

काठमाडौँ : सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा विभिन्न संस्थाहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।

आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले उक्त कोषका लागि रु १ करोड १ लाख बराबरको भौचर अर्थ मन्त्रालयमा बुझाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।

यसअघि मङ्सिर ३ गते, एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त तर्फबाट रु ७५ लाख सहयोगस्वरूप प्रदान गरिएको थियो।

सो चेक ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई बुझाएका थिए।

अर्थ मन्त्रालयका अनुसार मङ्सिर ७ गतेसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कुल रु ९ करोड ३० लाख जम्मा भइसकेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार