काठमाडौं : नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। साथै, आफ्नो उम्मेदवारी यथावत राखी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने मागसमेत रिटमा उल्लेख गरिएको छ।
सर्वोच्च अदालतका अनुसार चौधरीको निवेदनमाथि आगामी आइतबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।
जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाहा भए पनि कसुर र कैदको अभिलेख कायम रहने आधारमा निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो। चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए।
प्रतिक्रिया