विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न

आइतबार, ०७ मंसिर २०८२

जनकपुर : जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।

त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत राम मन्दिरको प्राङ्गणमा आज तिलकोत्सव विधि सम्पन्न भएको हो । 

जानकी मन्दिरबाट राजर्षि जनकको स्वरूपमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भार लिएर राम मन्दिर पुगेका थिए । तिलकोत्सवमा उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले एकअर्कालाई अङ्कमाल गरेर सम्धी मिलन गरे । 

अब सोमबार मटकोर विधि, मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन रामजानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभविवाहको कार्यक्रम हुनेछ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार