मोरङमा २ जनाको उम्मेदवारी रद्द

शुक्रबार, ०९ माघ २०८२

विराटनगर । मोरङ जिल्लामा दर्ता भएका २ जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएकामध्ये २ जनाको उम्मेदवारी रद्ध गरिएको हो । 

निर्वाचन अधिकृतको कार्यालयले कानुनी कारण देखाउँदै मोरङ क्षेत्र नम्बर ४ र ६ का उम्मेदवारको उम्मेदवारी खारेज गरेको हो । मोरङ क्षेत्र नम्बर ४ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका विनोद परियारको उम्मेदवारी रद्द भएको छ । त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ मा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवारी दिएका महमद जाविरको उम्मेदवारी पनि रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी रद्द हुनुको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन । निर्वाचन कार्यतालिका अनुसार मोरङका ६ वटा निर्वाचन क्षेत्रमा माघ ६ गते उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको थियो । 

उक्त दिन जिल्लाभरबाट जम्मा १ सय १८ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । २ जनाको उम्मेदवारी रद्ध भएसँगै अब उम्मेदवारको संख्या १  सय १६ मा कायम भएको छ । 

उम्मेदवारी जाँचबुझको क्रममा कानुनी मापदण्ड पूरा नगरेको, आवश्यक कागजात अपूरो रहेको वा अन्य निर्वाचन ऐन तथा नियमावलीअनुसार अयोग्य ठहर भएका उम्मेदवारको उम्मेदवारी रद्द हुने व्यवस्था छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बाँकी उम्मेदवारको अन्तिम नामावली शुक्रबार सार्वजनिक गरिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार