इटहरी : राज्यको कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा ठिक नभएको नेकपा एमालेका नेता महेश बस्नेतले बताएका छन ।
सुनसरीको इटहरीमा युवा सङ्घले आयोजना गरेको जनजागरण कार्यक्रममा सहभागी हुन आइपुगेका पूर्व मन्त्री समेत रहेको एमाले नेता बस्नेतले जेनजीका नाममा केही व्यक्तिले राज्यको कानून हातमा लिन खोजेको र समान्तर राज्यको अभ्यास गरिरहेको आरोप लगाएका हुन ।
एमाले नेता बस्नेतले कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा बेठिक भएको बताए ।
सञ्चारकर्मीहरुसंगको छोटो कुराकानीमा बस्नेतले जेनजीसंग आफूहरूको द्धन्द नहुने समेत स्पष्ट पारेका छन ।
जेनजीका अन्तर विरोध नरहेको र जेनजीको माग पुरा गर्नुपर्छ भनेर आफ्नो पाटीको अध्यक्षले भनेको समेत बस्नेतले जानकारी गराए ।
प्रतिक्रिया