झापा : झापा जिल्लामा ३५ हजार नयाँ मतदाता थपिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन घोषणापछि झापामा नयाँ ३५ हजार मतदाता थपिएका हुन । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलशी नेपालले जिल्लामा ३५ हजार ३ सय १९ जना नयाँ मतदाता थपिएको जानकारी दिएका हुन । उनले नयाँ थपिएका मतदाता सहित झापामा कूल मतदाता संख्या ७ लाख १४ हजार ५ सय ९५ पुगेको समेत वताए ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि जिल्ला निर्वाचन कार्यालय झापामा जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७ सय ३३ र राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा २३ हजार ५ सय ८६ जनाको नाम दर्ता भएको जनाइएको छ । झापामा निर्वाचन घोषणा हुनु अघि ६ लाख ७९ हजार २ सय ७६ मतदाता रहेका थिए ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नामावलीमा दर्ता गर्न मिल्ने व्यवस्था गरेपछि झापामा मतदाता नामावलीमा दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ ।
प्रतिक्रिया