एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता

विहीबार, ०८ माघ २०८२

काठमाडौं : एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्नेसम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्ताक्षर गरे । यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै उनीहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ ।

ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार