काठमाडौं : सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरण सफल भएपछि आफ्ना ग्राहकहरूका लागि समय थप गर्दै योजना पुनः सञ्चालन गरेको छ ।
यस योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टमा सामान खरिद गर्दा भुक्तानी रकमको १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । बैंकका अनुसार यो योजना २०८३ साल असारसम्म लागू रहनेछ ।
सानिमा बैंकले यस किसिमका छुट तथा क्यासब्याक योजना मार्फत डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । डिजिटल कारोबारले सुरक्षित, सहज र पारदर्शी वित्तीय प्रणाली निर्माणमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
हाल सानिमा बैंकका देशभर सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय तथा १२८ वटा एटिएम सञ्चालनमा रहेका छन् । बैंकले ग्राहककेन्द्रित सेवा विस्तार गर्दै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया