एनपीएलमा आज ब्रेक

आइतबार, ०७ मंसिर २०८२

काठमाडौं :  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल राखिएको छैन।

भोली सोमबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स र दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । 

दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। 

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार